अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

एबि ड्रिम क्रियसनद्वारा भरखरै रिलिज कसम मायाको सार्वजनिक

बिआरटीनेपाल २०८१ असार ३१ गते ८:५१ मा प्रकाशित

अमेरिका । सानो देश भुटानमा बसोबास गर्ने नेपालीभासी भुटानीको जनसंख्या ६५०,००० रहेको र आफ्नो धर्म र संस्कृति कैले भुलेका छैनन् र नेपाली गीत सङ्गीत प्रति माया र प्रेम साथ आफ्नो मौलिक संस्कृति जोगाइ राखेका छन् । भुटानको विभिन्न ठाऊँमा छायान्कन गरिएको म्युजिक भिडियो “कसम मायाको” ए बि ड्रिम क्रियशद्वारा भरखरै रिलिज भई सकेको छ । गायक कृष्ण काफ्ले र ममता गुरुङको स्वर रहेको छ भने पुनम प्रधानको शब्दमा विशाल गुरुङ र टिमले भिडियो निर्माण गरेका हुन् ।

गीतको भिडियोलाई विशाल गुरुङ्ले निर्माण गरेका छन् भने हया ग्रीवा क्रिएशनको छाँयाकंनमा राज मगर र संध्याले अभिनय गरेका छन् । ए बि ड्रिम क्रियसनको अफिसियल च्यानलबाट रिलिज भएको भिडियोले दर्शकहरूको मन जित्ने छ भन्ने प्रडक्सन टिमले आशा राखेको छ् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू