अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारी निवासमा

बिआरटीनेपाल २०८१ असार ३१ गते ८:१३ मा प्रकाशित

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली जानुभएको हो । प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार प्रधानमन्त्री ओलीसहित चपलीमा एमालेका प्रदेश तथा जिल्ला तहका केही नेता सामेल रहेको बताईएको छ । भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिनुभएको छ ।

‘खासमा पूर्वनिर्धारित सेड्युलमा आउनुभएको हो,’ बज्राचार्यले भन्नुभयो, ‘सन्दर्भ यस्तो पर्‍योजस्तो देखिन गएको हो ।’ भण्डारी फेरि राजनीतिमा आउने चर्चाबीच यी दुई पूर्वसहकर्मीको भेट भएको हो । ओलीले सोमबार राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुहुने छ । सोमबारै करिब पूर्ण आकारको क्याबिनेट बनाउने तयारी रहेको एमाले स्रोतले बताएको छ ।

प्रतिक्रिया