अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२
| Colorodo: 00:57
नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट गरी न्यायाधीशको वरीयतासम्बन्धि संशोधित नियमावली तत्काल खारेज गर्न माग गरेको छ । प्रधानन्यायाधीश श्रेष्ठसँग एसाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले आज भेट गरी रजिस्ट्रार, मुख्य रजिस्ट्रार र सचिवहरूको वरीयतामाथि हुने प्रावधानप्रति असन्तुष्टि बढेको उल्लेख गर्दै संशोधित नियमावली तत्काल खारेज गर्न माग गरेको हो ।
न्याय परिषद्ले २०८० साल असोज १ गते संशोधन गरेको नियमावलीले न्यायाधीशहरूको वरीयतामा गरेको परिवर्तनप्रति असन्तुष्टि भएकाले त्यसलाई खारेज गर्न प्रधानन्यायाधीशको ध्यानाकर्षण गरिएको नेपाल बार एसाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँले आफूहरूको याे माग पूरा नभए आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिनुभयो ।