अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

न्यूयोर्क टाइम्सले छानेका एक्काइसौं शताब्दीका उत्कृष्ट १०० पुस्तक

बिआरटीनेपाल २०८१ असार ३० गते ६:२८ मा प्रकाशित

न्यूयोर्क टाइम्सले ५०३ जना उपन्यासकार, ननफिक्सन लेखक, कवि, समीक्षक र पुस्तक प्रेमीहरू माझ गरिएको सर्वेक्षणबाट तयार पारिएको एक्काइसौं शताब्दीको पहिलो २५ वर्षका उत्कृष्ट १०० पुस्तकहरूको सूची तयार पारेको जनाएको छ । प्रसिद्ध अमेरिकी पत्रिका न्यूयोर्क टाइम्स ले एक्काइसौं शताब्दीमा प्रकाशित भएका उत्कृष्ट १०० पुस्तकको सूची जारी गरेको छ । शताब्दीकै उत्कृष्ट भनिए पनि यसमा सन् २००० यता २५ वर्षमा प्रकाशित पुस्तक मात्र समाविष्ट छन् । यो शताब्दीको पहिलो २५ वर्षलाई विशेष रूपमा ‘मार्क’ गर्नलाई यो प्रोजेक्ट सुरु गरिएको पनि पत्रिकाले जनाएको छ ।

पत्रिकाका अनुसार यो अखबारको सम्पादकीय टिमले मात्र नभई ५०३ जना उपन्यासकार, ननफिक्सन लेखक, कवि, समीक्षक र पुस्तक प्रेमीहरू समेत भएर बनाइएको सूची हो । पत्रिकाले यो साता हरेक दिन २० वटाका दरले गर्दै पाँच दिन लगाएर सूची सार्वजनिक गरेको हो । सयौं प्रभावशाली लेखकहरूलाई १ जनवरी २००० देखि यता प्रकाशित भएका मध्ये आफूलाई उत्कृष्ट लागेका १० पुस्तकको नाम दिन भनिएको थियो ।

यो सर्वेक्षणमा मतदान गर्ने चर्चित लेखकहरूमा स्टेफन किङ, बोनी ग्राम्स, क्लाउडिया र्‍यानकिन, जेम्स प्याटर्सन, सारा जेसिका पार्कर, एलिन हिल्डरब्रान्ड, थोमस च्याटरटन विलियम्स, मार्लन जेम्स, सारा म्याकलिन, मीन जिन ली, जोनाथन लिथम लगायत छन् । सूचीको पहिलो नम्बरमा इटालिकी लेखक एलेना फरान्टेको २०१२ मा प्रकाशित उपन्यास ‘माई ब्रिलियन्ट फ्रेन्ड’ परेको छ । सूचीमा उनका अन्य दुई पुस्तक पनि समाविष्ट छन् । एलेना फरान्टे उनको छद्म नाम (सुडो–नेम) हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू