अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८
| Colorodo: 00:53
नारायणी नदी किनारमा थप दुई पुरुषको शव फेला परेको छ। शनिबार दिउँसो गैंडाकोट–७ मा नारायणी नदी किनारमा दुई पुरुषको शव फेला परेको हो। फेला परेका शव नारायणगढ– मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका बसका यात्रुको हुनसक्ने बताइएको छ। एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको हो।
शवको पहिचान भइनसकेकोले उक्त शव त्रिशूलीमा बेपत्ता यात्रुकै हो कि होइन भन्ने यकीन भइसकेको छैन।