अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 03:55

कुनै व्यापारीको घरमा मध्यरातमा भएको सहमति राष्ट्रिय सहमति हुन सक्दैनः गृहमन्त्री रवि लामिछाने

बिआरटीनेपाल २०८१ असार २९ गते ४:५८ मा प्रकाशित

गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै व्यापारीको घरमा मध्यरातमा भएको सहमतिलाई राष्ट्रिय सहमति मान्न नसकिने बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै गृहमन्त्री लामिछानेले कसैलाई थाहै नदिई मध्यरातमा गरिएको सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो , ‘कुनै व्यापारीको घरमा आजसम्म देश, जनता, आफ्ना दलका नेता कसैलाई थाहा नदिई गरिएको सहमतिलाई राष्ट्रिय भनेर लेपन लगाउँँदा मानर्मदन भएको छ। यो एउटा सहमति होला तर राष्ट्रिय सहमति होइन।’ लामिछानेले रातारात सविधान र व्यवस्थाको चिन्ता कसरी भयो भनेर कांग्रेस–एमालेलाई प्रश्न गर्नुभयो। उहाँले अनुसन्धानको सुई कसैको घरको ढोकामा ढक्ढकाउन पुग्दा कांग्रेस र एमालेलाई संविधानको याद आएको बताउनुभयो।

उहाँले भन्नुभयो ,‘रातारात सविधानको चिन्ता, व्यवस्थाको चिन्ता कसरी भयोरु जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढक्ढकाउन पुग्यो, त्यतिखेर तपाईंहरुलाई संविधानको याद आयो।’ उहाँले संविधान संशोधन गर्न देशमा संकटकाल लागेको छ र ? भन्दै प्रश्न गर्नुभयो। लामिछानेले भन्नुभयो, ‘संविधान चलाउन नमिल्ने दस्तावेज होइन। बेलाबेलामा परिमार्जन गर्न पर्छ। तर, कुन अवस्थामा अहिलेको अवस्थामा देशमा कुन संकटकाल लागेको छ?’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू