अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 03:54

‘अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेकाहरूले मलाई नैतिकता पढाउने प्रयास गरे’: प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ असार २९ गते ४:४४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अल्पमतमा पर्ने बित्तिकै संसद विघटन गर्नेहरूले आफूलाई नैतिकताको पाठ पढाउने प्रयास गरेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेका र त्यसको समर्थन गर्नेहरूले नैतिकताको पाठ पढाउने प्रयास गरिरहेको बताउनुभएको हो ।

बारम्बार राजीनामा माग्नुले आपसी विश्वास कमजोर भएर हो कि वा षड्यन्त्र आफै कमजोर हुने भएकाले हो सबै‍ तर्सिरहेको प्रधानमन्त्रीले बताउनुभयो। संविधानमा नेकपा माओवादी केन्द्रको सबभन्दा ठूलो लगानी रहेको पनि प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयो । ‘त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन बनाउन दिँदैन र दिने पनि छैन’, उहाँले भन्नुभयो, ‘ दशकौं लामो विद्रोह र त्यसपछिका आन्दोलनका जगमा बनेको संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा सडमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइन्छ’।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू