अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

भुटानी शरणार्थी प्रकरणमा फरारहरु पक्राउ पर्न थालेपछि कांग्रेस-एमाले सहकार्यमा जुटे : हितराज पाण्डे

बिआरटीनेपाल २०८१ असार २९ गते ४:२० मा प्रकाशित

भुटानी शरणार्थीलगायतनेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरारहरु पक्राउ पर्न थालेपछि कांग्रेस-एमाले सहकार्यमा जुटेको आरोप लगाउनुभएको छ ।शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मतको पक्षमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गर्न थालेपछि कांग्रेस-एमालेले नयाँ समिकरण बनाएको आरोप लगाउनुभएको हो ।

प्रमुख सचेतक पाण्डेले ललिता निवास, सुन तस्करी, भूटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु पक्राउ पर्न थालेपछि काँग्रेस एमालेले आफ्नाहरुलाई बचाउन नयाँ सत्ता सहकार्यका हात अघि बढाएको जिकिर गर्नुभयो । उहाँले दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा, जनताको पक्षमा काम गरेको दावी समेत गर्नुभयो । प्रमुख सचेतक पाण्डेले सरकारले जनताको पीडा बुझनका लागि पनि सकेको काम गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय