अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 06:07

नेपालमा हुने २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबल पाकिस्तानले नखेल्ने

बिआरटीनेपाल २०८१ असार २८ गते ७:१५ मा प्रकाशित

नेपालमा हुने २० वर्षमुनि (यू–२०) काे साफ च्याम्पियनशिप फुटबल प्रतियोगिता पाकिस्तानले नखेल्ने भएको छ ।दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) का अनुसार पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएको हो । पाकिस्तानले नखेल्ने भएपछि प्रतियोगिता दुई दिन पर सरेको छ । यसअघिको तालिकाअनुसार नेपालले उद्घाटन खेलमा श्रीलङ्कासँग अगस्ट १६ तारिख अर्थात् अर्को महिना साउन ३२ गते श्रीलङ्कासँग खेल्ने तय भएको थियो । तर यो खेल अगस्ट १८ तारिख अर्थात् भदौ २ गते हुनेछ ।

पाकिस्तान नखेल्ने भएपछि नेपाल रहेको समूह ‘ए’ मा श्रीलङ्का र बङ्गलादेश हुनेछन् । त्यस्तै अर्को समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भारत साविक विजेता र पाकिस्तान उपविजेता टोली हुन् । छैटौँ संस्करणको प्रतियोगिता काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया