अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

विवादपछि इजरायलमा रोजगारीका लागि आवेदन दिने म्याद १० दिन थप

बिआरटीनेपाल २०८१ असार २८ गते ७:०२ मा प्रकाशित

इजरायलमा सरकारले रोजगारीमा पठाउने श्रमिकको भर्ना प्रक्रिया विवादमा परेपछि वैदेशिक रोजगार विभागले आदेदन दिने म्याद १० दिन थपेको छ । ब्रिटिस काउन्सिलले फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी) को परीक्षा आवेदन खुला गरेपछि सरकारले इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान इच्छुकसँग आवेदन लिने अन्तिम मिति पनि १० दिन थपेको हो । वैदेशिक रोजगार विभागले ११ असारमा ८०० जनाको श्रमिक छनोटका लागि आह्वान गरेको सूचनाअनुसार २१ दिनको मात्रै म्यद थियो । अब विभागले १० दिनको म्याद थपेर ११ साउनसम्मका लागि थपेको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले एक सूचना प्रकाशित गर्दै भर्ना आवेदनको म्याद १० दिन थपिएको जाारी दिनुभएको छ । उहाँले १ साउनसम्म ब्रिटिस काउन्सिलमा भाषा परीक्षाको टेस्टको आवेदन दिन सूचित गर्नुभएको छ । यसअघि काउन्सिलले २१ असारदेखि भाषा परीक्षाको आवेदन बन्द गरेको थियो । तर, बधारबार रातिदेखि आगामी १ साउनसम्मका लागि परीक्षा आवेदन खुलेको हो । अब एफईटीको परीक्षा लिन थालिएको छ ।अंग्रेजी भाषा परीक्षणको प्रमाण पत्र अनिवार्य भनिएको छ । विभागले सूचनामा अंग्रेजी भाषा परीक्षण प्रमाणपत्रका रुपमा ब्रिटिस काउन्सिलबाट लिइएको फाउन्डेसन इंग्लिस टेस्ट ९एफईटी० को कम्तीमा ‘ए २ लेभल’को प्रमाणपत्र तोकिएबमोजिम अपलोड गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ । तर, आवेदन अवधिमै परीक्षा फारम बन्द गरिएको थियो । फारम भर्न नपाएपछि इच्छुक उम्मेदवारले परीक्षा दिन खोज्दासमेत नपाउने अवस्था उत्पन्न भएको थियो ।

आवेदन दिंदा नै ब्रिटिस काउन्सिलबाट ‘एफईटी’मा ए २ लेभल उत्तीर्ण भएको प्रमाणपत्र अनिवार्य गरेर परीक्षा फारम बन्द गरिएपछि इजरायलको रोजगार भर्ना प्रक्रिया विवादमा फसेको छ । इजरायलको आवेदनमा अनिवार्य गरिएको ‘एफईटी ए २ लेभल’ बेसिक इंग्लिस कोर्स बराबरको हो । तर, ब्रिटिस काउन्सिलकै प्रमाणपत्र मागेर सरकारले नै परीक्षा बन्द गर्न ब्रिटिस काउन्सिललाई दबाब दिएको थियो । ब्रिटिस काउन्सिलको प्रमाण पत्र मागिएको २१ दिनको सूचना निकालेर परीक्षा लिन चाहँदा भने दिनै नपाइने अवस्था बनाइएपछि सरकारको नियतमाथि प्रश्न उठेको थियो । यसबारे संचारमाध्यममा समाचार प्रकाशित भएपछि काउन्सिसले परीक्षा आवेदन खुला गरेको हो भने विभागले आवेदनको म्याद थप गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय