अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२० | Colorodo: 11:35

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन काँग्रेसको ह्वीप

बिआरटीनेपाल २०८१ असार २८ गते ६:३५ मा प्रकाशित

नेपाली काँग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । ‘असार २८ गते शुक्रबारका दिन विहान ११ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

शुक्रबार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन तयारी गर्नु भएको सन्दर्भमा काँग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । नेकपा एमालेले भने यसअघि नै विपक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिइसकेको छ । गत असार १७ गते काँग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएपछि पूधानमन्त्रीले विश्वासको मत लिनुु परेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू