अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२० | Colorodo: 11:35

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

बिआरटीनेपाल २०८१ असार २८ गते ६:२८ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले अराजक गतिविधि गरेको भन्दै देशलाई अहिलेको अवस्थामा पु¥याउने काम स्वयं वर्तमान प्रधानमन्त्रीले गर्नुभएको आरोप लगाउनुभयो । उहाँले लाखौँ युवालाई विदेश जान बाध्य पार्ने, देशका भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको गरिब देश बनाउने मुख्य पात्र वर्तमान प्रधानमन्त्री भएको बताउनुभयो ।

प्रमुख सचेतक शाहीले सरकामा पार्टी जाने वा नजाने भन्नेबारे संविधान संशोधनका लागि हुने सहमतिहरुले भर पर्ने र अहिले नै निर्णय नभइसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू