अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

मनसुनः बाढीपहिरोमा परेर एक महिनामा २५ बालबालिकासहित ८३ जनाको मृत्यु, पाँच बेपत्ता

बिआरटीनेपाल २०८१ असार २७ गते ७:३४ मा प्रकाशित

अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । जसमा ३३ पुरुष र २५ महिला, २५ बालबालिका रहेका छन् । जेठ २८ देखि आजसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएका छन् ।

मन्त्रालयका अनुसार घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका छन् । घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको   छ । बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला रहेका छन् । बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको छ ।

वर्षा पहिरोका कारण आठ सय ५८ घर विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ । मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेको र एक सय १६ रोपनी जग्गा पुरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय