अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 16:01

रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ- मुकुल ढकाल

बिआरटीनेपाल २०८१ असार २६ गते ६:२९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट मुकुल ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको छ। मंगलबार केन्द्रीय कार्यालय चस्मतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई कारबाही गर्ने निर्णय गर्दै उक्त निर्णय चित्त नबुझेमा पुनरावलोकनका लागि ३५ दिनभित्र निवेदन दिनसमेत समय दिएको छ। पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार साधारण सदस्य कायमै राखेर महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट ढकाललाई पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको छ।

पार्टीबाट पदमुक्त भएपछि ढकालले प्रतिक्रिया दिँदै ुरवि लामिछाने क्लबबाट निस्कासनमा परेकोु बताउनुभएको छ । ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,’ ढकालले भन्नुभयो। ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया गरी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाउनुभएको थियो। उक्त प्रतिवेदन यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेर सुनाउनुभएको थियो । पार्टी अनुशासनबाहिर गएको भन्दै रास्वपाले ढकालमाथि कारबाही गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू