अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 16:06

सहकारी रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितसँग छलफल गर्ने

बिआरटीनेपाल २०८१ असार २६ गते ६:१३ मा प्रकाशित

सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ ।मंगलवार सिंहदरबारमा बसेको विशेष समितिको बैठकले असार २६ गते बुधवार पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको हो । सहकारीका पीडितहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधवार पीडितहरुसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरुको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।

सभापति थापाले भन्नुभयो, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने योजना बनाएका छौं । २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमुलक पीडितहरुलाई बोलाएका छौं । सबै पीडितहरु बोलाएर छलफल गर्न सम्भव हुन्न । हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसावले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौं ।’

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो । अब पीडितहरुसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरुको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू