अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 14:56

आफ्नो सेनामा भर्ती भएका भारतीयलाई रिहा गर्न रुस सहमत

बिआरटीनेपाल २०८१ असार २६ गते ६:०८ मा प्रकाशित

रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय संचारमाध्ययमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्न सहमत हुुनुभएको हो ।दुई दिने भ्रमणका लागि मोदी हिजो रुस पुग्नुभएको हो । पुटिनसँग भएको भेटवार्तामा मोदीले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको सुरक्षाबारे छलफल गर्नुभएको थियो । छलफलका क्रममा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाउनुभएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस्तै दुई नेताबीच आपसी व्यापारका बिषयमा पनि छलफल भएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछिको मोदीले पहिलो पटक रुस भ्रमण गर्नुभएको हो । रुस भारतमा तेल र हतियारको प्रमुख आपूर्तिकर्ता हो । पश्चिमा देशले रुसलाई प्रतिबन्ध लगाएको र चीनसँग रुसको बढ्दो निकटताकाबीच भारतीय प्रधानमन्त्रीले रुस भ्रमण गर्नुलाई विश्व जगतमा चासोका साथ हेरिएको छ । रुस भ्रमण सकेर मोदी आज अष्ट्रिया प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू