अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 15:53

४२ वर्षदेखि नेपालमा चराबारे अध्ययन गरिरहेका आरेन्डको निधन

बिआरटीनेपाल २०८१ असार २५ गते ८:५४ मा प्रकाशित

चरा विज्ञ आरेन्ड भेन रिजेनको निधन भएको छ। विगत ४२ वर्षदेखि नेपाल बस्दै आएका उहााँको आइतबार ६९ वर्षको उमेरमा निधन भएको हो। बर्ड कन्जर्भेसन नेपालका उपाध्यक्ष विमल थापाका अनुसार आरेन्डलाई फोक्सोमा क्यान्सर थियो। उहाँको निधनले ठूलो क्षति भएको विमल बताउनुहुन्छ । ‘चरा समितिका लागि यो अपूरणीय क्षति हो। विदेशी भएर पनि नेपालमा बसेर चराहरूको अध्ययन र संरक्षणमा उहाँले महत्त्वपूर्ण काम गर्नुभएको छ’, उहााँले भन्नुभयो ।

आरेन्डले सन् २००३ देखि २०१६ सम्म बागमती र टौदह क्षेत्रमा रहेका चराको अध्ययन गरेर ‘द बर्डस् अफ द बागमती एन्ड टौदह’ (२००३-२०१६) किताब निकाल्नुभएको छ। उक्त किताबमा २ सय ६३ प्रजातीका चराको १६ वर्षको अवस्था, उतार चढाव, भोगिरहेका चुनौती र उनले देखेका चराका रोचक कथा समेटिएका छन्। उहाँ फ्रेन्डस् अफ बर्डका संस्थापक, नेपाल पन्छी संरक्षण संघको सल्लाहकार र इबर्ड नेपाल रिभ्यु समितिका संयोजक हुनुहुन्थ्यो।

आरेन्डकै नेतृत्वमा ‘छिमेकी चराु’ नामक एप सुरू भएको थियो। चराहरूका लागि विरूवा रोप्ने, बगैंचा बनाउने र चरामैत्री वातावरण बनाउँदै ‘चरा मैत्री छिमेक’ नामक परियोजना उहाँकै नेतृत्वमा संचालन हुने क्रममा थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू