अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६
| Colorodo: 16:01
अशोक राई नेतृत्वको जसपाका ३ मन्त्रीको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसीना खानले दिएको राजीनामा स्वीकृत गरी ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन् । उनीहरूले २१ गते साँझ राजीनामा बुझाएका थिए ।
यसअघि एमालेका ८ जना मन्त्रीको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयको जिमेवारी पनि प्रधानमन्त्रीले नै सम्हालिरहनुभएको छ । अब प्रचण्ड सरकारमा माओवादी, रास्वपा र नेकपा एसका मन्त्रीमात्र छन् ।