अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 15:58

संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ : सांसद सापकोटा

बिआरटीनेपाल २०८१ असार २५ गते ८:०० मा प्रकाशित

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादी केन्द्रले सशक्त प्रतिवाद गर्ने बताउनु भएको छ ।सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले धर्म निरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली वर्तमान संविधानको सुन्दरता भएको बताउनुभएको हो । उहाँले संविधानको यो सुन्दरता विपरित गएर संविधान संशोधन हुन नसक्ने बताउनुभयो ।

सांसद सापकोटा श्चगामी सोचाइका साथ संविधान संशोधनमा गिद्धेनजर लगाइए माओवादी केन्द्रले संसद र सडकबाट सशक्त प्रतिवाद गर्ने बताउनुभयो ।उहाँले काँग्रेस–एमालेले संविधानको सुन्दरतामाथि प्रहार गरेमा सम्बन्धित जाति, समुदाय, क्षेत्र, लिङ्ग र वर्गले प्रतिवाद गर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने बताउनुभयो । उहाँले जनताका अधिकारहरुलाई सुदृढ गरेर र समयानुकुल परिवर्तन गरेर संशोधन गर्ने कुरामा भने माओवादी सहमत रहने बताउनुभयो ।

सांसद सापकोटा भन्नुभयो– ‘हाम्रो भनाइ के हो भने यस्तो पश्चगामी सोचाइका साथ उहाँहरु संविधान संशोधनमा गिद्धेनजर लगाउन थाल्नुभएको हो भने त्यसको संसद र सडकबाट पनि हामीले प्रतिवाद नगरेपनि सम्बन्धित अधिकार प्राप्त गरेका जाति, समुदाय, क्षेत्र, लिङ्ग, वर्गले प्रतिवाद गर्छ । त्यसबेला त्यसको नेतृत्व हामीले गर्नैपर्छ । त्यो अधिकार हनन गर्ने, खोस्ने र संविधानको सुन्दरतामाथि उहाँहरुले हमला गर्न थाल्नुभयो भने त्यसको प्रतिकार गर्नुको त अरु हामीसँग के विकल्प रहन्छ र ?’ सांसद सापकोटा प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने बताउनुभयो । प्रधानमन्त्रीले विश्वासको मत लिन संविधानमा भएको व्यवस्थालाई लोकतान्त्रिक ढंगले अभ्यास गर्न लागेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू