अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 01:01

असीमित बचत सङ्कलन गर्न दिँदा सहकारी क्षेत्रमा समस्या आयो : गभर्नर अधिकारी

बिआरटीनेपाल २०८१ असार २५ गते ७:४५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत सङ्कलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताउनुभएको छ । सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा उहाँले असीमित बचत सङ्कलन मुख्य समस्या रहेको बताउनुभएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभएको हो ।

सभापति थापाकाअनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत सङ्कलन गर्न दिइएको, अन्यथा ढङ्गले बचत सङ्कलन गरिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको, सहकारी स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखा परेको बताउनुभयो ।

सभापति थापाले बैठकमा बैंकर्स एशोसिएशनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलाई बोलाएर सुझाव लिएको बताउनुभयो । उहाँहरुले सहकारीका समस्या समाधानका लागि नियामकीय निकाय बनाउनुपर्ने र एउटै कर्जा सूचना केन्द्र आवश्यक भएको सुझाव दिनुभएको सभापति थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू