अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७ | Colorodo: 00:32

हाम्रो पार्टी सानो छैन, विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नेको प्रतिवाद गर्नुस्: माधव नेपाल

बिआरटीनेपाल २०८१ असार २३ गते ५:५९ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दाबी गर्नुभएको छ । प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नेहरुको प्रतिवाद गर्न निर्देशन दिनुभयो ।

नेपालले भन्नुभयो, ‘हाम्रो पार्टी सानो छैन, हामी सशक्त छौं । हामीले चुनावमा ठूलो परिणाम ल्याउन सकेनौं भन्नुको कुुनै अर्थ छैन । अब त्यो गीत गाएर हुँदैन । अब चुनौतीको सामना गरेर उत्साहको सन्देश दिनुपर्छ।’ उहाँले नेपालको राजनीतिमा आफ्नो भूमिका महत्वपूर्ण भएकाले खोजी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू