अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

जहाजको इन्जिन मर्मत प्रकरणमा छानबिन समिति बन्यो, कागजात उपलब्ध गराउन पत्राचार

बिआरटीनेपाल २०८१ असार २१ गते ६:०६ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल एयरलाइन्सको जहाजको इन्जिन मर्मतको विषयमा छानबिन गर्न समिति बनाएको छ । निगमले आफ्नो ए ३२० वायुयानको इन्जिन मर्मत सम्भार गर्न इजरायल पठाएको थियो भने ए ३३० को ३ सी चेकका लागि इजाली पठाएको थियो । सो सम्बन्धमा प्रश्न उठेपछि छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी मन्त्रीस्तरीय बैठकबाट मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरन्त मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा प्राधिकरणका अर्का पूर्वमहानिर्देशक रतिशचन्द्र लाल, चार्टर्ड एकाउन्टेन्ट, कानुनविज्ञ सदस्य छन् भने मन्त्रालयका अधिकृत सुवर्णराज भट्टराई सदस्य सचिव हुनुहुन्छ । मंगलबार छानबिन समिति गठन भएलगत्तै बिहीबार समितिले निगमका कार्यकारी अध्यक्षलाई सम्बोधन गरेर आवश्यक कागजात र विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । पत्रमा भनिएको छ, ‘उपरोक्त छानबिन कार्यका सम्बन्धमा देहायका कागजात तथा विवरणहरू, पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र समितिलाई उपलब्ध गराइ सहयोग गरिदिनहुन निर्णयानुसार अनुरोध गरिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू