अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

रास्वपाले सार्वजनिक गर्‍यो मुकुल ढकालको समीक्षा प्रतिवेदन

बिआरटीनेपाल २०८१ असार २१ गते ५:३५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको ‘विवादित’ समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। रास्वपाले बिहीबार उक्त समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हो। ढकालको प्रतिवेदनमा ‘पार्टी पार्टीजस्तो नभएर एनजिओजस्तो’ भएको उल्लेख गरिएको छ। ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समीक्षा यात्रा सुरु गरी ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाउनुभएको थियो ।

रास्वपा केन्द्रीय समिति बैठकमा बुधबार प्रतिवेदनमाथि छलफल भएको थियो। उक्त प्रतिवेदनपछि रास्वपाको आन्तरिक विरोध चर्किएको छ। रास्वपाले महामन्त्री ढकाललाई अनुशासनको कारबाही गर्दै सात दिनका लागि निलम्बन गरेको छ। बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै ढकालले मुखमा ‘कालो टेप’ लगाउनुभएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू