अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्री प्रचण्डलाई एमालेको ध्यानाकर्षण

बिआरटीनेपाल २०८१ असार २१ गते ५:१४ मा प्रकाशित

नेकपा एमालेले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको छ। सरकार अल्पमतमा परेको र प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत पाउने अवस्था नरहेको हुँदा दीघकालीन असर पर्ने काम गर्न नमिल्ने एमालेको भनाइ छ।

‘संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन नेकपा एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ,’ एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू