अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

बिआरटीनेपाल २०८१ असार २१ गते ५:१० मा प्रकाशित

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत अध्यक्ष हुने करिब निश्चित भएको छ। अर्का प्रत्यासी घनश्याम भुसाल नेपाललाई अध्यक्ष छाड्न तयार हुनुभएको हो । बिहीबार भावी नेतृत्व चयनको प्रक्रिया सुरु हुनुअघि नै मुख्यमुख्य पदमा सर्वसम्मत गर्ने प्रयास भइरहेको छ। नेपाल र भुसालबीच गएराति भएको छ्लफल सकारात्मक भएको थियो। भेटमा सहभागी एक नेताले देश सञ्चारलाई बताएअनुसार अध्यक्षको दाबी छाड्दा आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने अडान भुसालले राख्नुभएको थियो ।

तर उक्त पदमा अरू नै नेतालाई व्यवस्थापन गर्नुपर्ने अवस्था रहेकाले महासचिव नै बन्न नेपालले आग्रह गर्नुभएको छ । भुसालले वरिष्ठ उपाध्यक्ष चाहिने बताएपछि राति थप छ्लफल गर्ने भनेर नेताहरू उठेका थिए। पाँच दिनदेखि समाजवादीको १०औं महाधिवेशन काठमाडौंमा चलिरहेको छ। ‘दशौं’ महाधिवेशन असार १६ गतेदेखि काठमाडौंमा सुरु भएको हो। महाधिवेशनमा देशभरबाट करिब १ हजार ८ सय महाधिवेशन प्रतिनिधि छनोट भ‍एका छन्।

समाजवादीले १९ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ। २०७८ भदौमा नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो। नयाँ पार्टी गठन गरेयता एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन आयोजना गरेको हो। २७५ सदस्यीय प्रतिनिधिसभामा एकीकृत समाजवादीको १० सिट मात्र छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू