अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

शेयर बजार दाेहाेराे अङ्कले बढ्दा साढे ६ अर्ब रुपैयाँकाे काराेबार

बिआरटीनेपाल २०८१ असार २१ गते ५:०७ मा प्रकाशित

शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४६ अङ्कले बढेर २ हजार १ सय १९ दशमलव ६९ विन्दुमा झरेको छ ।आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज आँखु खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने ९ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज ३ सय १३ वटा कम्पनीका २ करोड २१ लाख कित्ता शेयर ६ अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ३० करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया