अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

राप्रपा नेपालको निष्कर्ष: कांग्रेस-एमाले गठबन्धनको मुख्य उद्देश्य भ्रष्टाचारका ठूला काण्ड दबाउनुमात्रै

बिआरटीनेपाल २०८१ असार २० गते ६:२४ मा प्रकाशित

कमल थापा नेतृत्वको राप्रपा नेपालले कांग्रेस(एमाले गठबन्धन कुनै सिद्धान्त, नीति र जनादेशको आधारमा नबनेको निष्कर्ष निकालेको छ। पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यक्रमबारे बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सत्ता स्वार्थ र भ्रष्टाचारको कारबाहीबाट जोगिने रणनीतिको परिणाम भएको निष्कर्ष निकालेको हो । संसदका दुई ठूला दल मिलेर सरकार बनाउनु आफैंमा विडम्बनापूर्ण भएको पार्टीको धारणा रहेको राप्रपा नेपालका महासचिव राजाराम बर्तौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाएको अमूर्त तर्क केबल सत्ता आरोहणलाई पुष्टि गर्ने निरर्थक बहाना हो । यही भ्रष्ट व्यवस्थालाई थप टेको लगाउन संविधान संशोधनको चर्चाबाट हिन्दू राष्ट्र र राजसंस्था स्थापना र प्रदेश खारेजी चाहनेहरु उत्साहित हुनुपर्ने वा स्वागत गर्न हतारिनु आवश्यक छैन ।’ यो गठबन्धन बनेपछि नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी(इस्टेटको जग्गा प्रकरण, सुन काण्ड, ललिता निवास, टेरामक्स जस्ता भ्रष्टाचारको घटनालाई दबाइने स्वार्थले बनेको राप्रपा नेपालको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू