अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

नेपालमा खुलेका विदेशी कलेजमा ठूलो समस्या, तत्काल कानुनी दायरामा ल्याउन १५ बुँदे सिफारिस

बिआरटीनेपाल २०८१ असार २० गते ६:१५ मा प्रकाशित

नेपालमा सञ्चालनमा रहेका विदेशी सम्बन्धनप्राप्त शिक्षण संस्थाहरूमा कमजोरी रहेको निष्कर्ष सरकारी अध्ययन समितिले निकालेको छ । विदेशी शिक्षण संस्थाको सम्बन्धमा नेपालमा सञ्चालित शिक्षण संस्थाहरूको अध्ययनका लागि गठित विज्ञ समितिको प्रतिवेदनले कमजोरी रहेको औंल्याएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले विदेशी शिक्षण संस्थाको सिफारिस, अनुमति, कार्यक्रमको गुणस्तर र अनुगमन कार्य व्यवस्थित गर्न विभिन्न समस्या रहेको निष्कर्ष निकालेको छ । नेपालमा रहेका विदेशी विश्वविद्यालयका कलेजहरू विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ अनुसार सञ्चालनमा रहेका छन् ।

यो निर्देशका २०७२ को साउन र २०७४ को भदौ गरी दुई पटक संशोधन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू