अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

‘बेरिल’ आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त

बिआरटीनेपाल २०८१ असार २० गते ५:५८ मा प्रकाशित

‘बेरिल’ नामको आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त भएका छन् । सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनेडिन्सको एक भागको रूपमा रहेको युनियन टापुमा रहेका सबैजसो घर क्षतिग्रस्स्त भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।अहिले टापु पुरै घरविहीन भएको बीबीसीको खबरमा उल्लेख छ । घर भत्किएपछि सडक अवरुद्ध भएका छन् । बिजुलीका पाेल पनि सडकमा ढलेका छन् । सबैथोक हराएको र आफू बस्ने ठाउँ नै नभएको स्थानीयवासीले बताएका छन् ।

घरहरू भत्किए पनि युनियन टापुमा मानवीय क्षति भएको विवरण आएको छैन । त्यही आँधीका कारण भेनेजुएलामा भने कम्तीमा सात जनाको ज्यान गएको समाचार संस्था सीएनएनले जनाएको छ । बेरिल आँधी युनियन टापुमा सन् १९८५ पछि आएको सबैभन्दा ठूलो आँधी हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू