अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

बिआरटीनेपाल २०८१ असार २० गते ५:४१ मा प्रकाशित

नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ ।रेडक्रसले यस वर्ष अत्याधिक वर्षा हुने मौसम विज्ञहरुको पूर्वानुमानसँगै सबै जिल्लाहरुमा आफ्ना तालिमप्राप्त स्वयंसेवकहरु खटाइ विपद् पूर्वतयारीका कामहरु अघि बढाएको जनाएको हो ।नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पछिल्लो समय मनसुन भित्रिसकेको र बढी वर्षा हुने आँकलनबीच हुनसक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न विपद् पूर्वतयारीका कामहरु पनि अघि बढाएको बताउनुभयो । रेडक्रसले विपद् पूर्वतयारी स्वरुप रेडक्रसले मनसुन पूर्वतयारी योजना निर्माण गरेको बताउनुभयो ।

महामन्त्री श्रेष्ठले मनसुन पूर्वतयारीका सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट ७७ वटै जिल्लामा रहेका तालिमप्राप्त स्वयंसेवकहरुको विवरण परिचालनका लागि अध्यावधिक गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको बताउनुभयो ।

महामन्त्री श्रेष्ठले मजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको र ति जिल्लाहरुमा भएका क्षतिमा रेडक्रसले राहत सामग्रीहरु प्रदान गरिसकेको पनि बताउनुभयो । सात प्रदेश, ७७ जिल्लामै पूर्वतयारीअन्तर्गत राहत सामग्री भण्डारणहरु भइसकेको र नेपाल रेडक्रस सोसाइटी मनसुनबाट हुने क्षति कम गर्न पूर्वतयारीका कामहरु गरिरहेको बताउनुभयो । सबै स्वयंसेवकहरु तयारी अवस्थामा रहेको पनि बताउनुभयो । उहाँले सबैले मिलेर विपद् प्रतिकार्यमा जुटेमात्रै क्षति न्युनिकरण गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू