अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९ | Colorodo: 03:44

सरकार ढल्ने भएपछि प्रधानमन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा १ घण्टा छलफल

बिआरटीनेपाल २०८१ असार १९ गते ८:०१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा १ घण्टा छलफल गरेर गृहमन्त्री लामिछाने बाहिरिनुभएको हो । सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने भएपछि प्रधानमन्त्री र गृहमन्त्रीले छलफल गर्नुभएको हो ।

कांग्रेससँग एमाले मिले पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गर्नुभएको छ । आज बिहान बसेको पदाधिकारी बैठकले सत्ता समीकरणका अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो। रास्वपाले पनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सरकार नछाड्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू