अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 22:06

संविधान शंसोधन गर्ने कांग्रेस-एमालेको समझदारीलाई राप्रपाले गर्‍यो स्वागत

बिआरटीनेपाल २०८१ असार १९ गते ७:५४ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संविधान शंसोधनमा कांग्रेस र एमालेबीच बनेको समझदारीलाई स्वागत गरेको छ । नयाँ समीकरण बनाउँदा कांग्रेसले एमालेले निर्वाचन प्रणाली, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको संख्यामा घटाउनेसहितका विषयमा संविधान शंसोधन गर्ने सहमति गरेपछि राप्रपाको पदाधिकारी बैठकले उक्त समझदारीलाई स्वागत गरेको हो ।

‘कांग्रेस र एमालेले संविधान शंसोधन गर्ने समझदारी विषय आएको छ । संविधान शंसोधन गर्नैका लागि पहिलो र दोस्रो दल मिल्नु स्वागतयोग्य कुरा हो,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नुभयो, ‘हामीले प्रारम्भिक रूपमा यसलाई स्वागत गरेका छौं । यद्यपि के–के कुरामा शंसोधन हुने प्रस्ताव आउँछ यसलाई हामी नजिकबाट हेर्छौं ।’ शंसोधनका विषय र प्रक्रियालाई हेरेर थप धारणा बाहिर ल्याउने उहाँले बताउनुभयो । राप्रपाले राज्यको खर्च बढाउने गरी भएको सांसदको संख्या, समानुपातिक प्रणालीको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू