अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वास मतको सामना गर्ने

बिआरटीनेपाल २०८१ असार १९ गते ७:३३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  ले तत्काल पदबाट राजीनामा नदिने हुनुभएको छ । बालुवाटारमा प्रधानमन्त्री निवासमा बसेको नेकपा ९माओवादी केन्द्र० को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताउनुभएको हो । प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा देखिनुभएको छ। सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

बैठकपछि पार्टीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो। ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन, विश्वास मत लिने प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ’, पौडेलले भन्नुभयो, ‘कांग्रेस, रास्वपा, एमालेलगायत दलसँग पनि संवाद गर्ने कुरा भएको छ।’

पौडेलले कांग्रेस र एमालेबीच भएको भनिएको सहमतिमा के विषयमा संविधान संशोधन गर्ने हो भन्ने कुरा आफूहरूले बुझ्न बाँकी रहेको पनि बताउनुभयो। ‘पछिल्ला परिवर्तन उल्टने त होइन? कतै २०४७ को संविधान उल्टाउन खोजिएको त होइन? ,’ पौडेलले भन्नुभयो, ‘यसबारे हामी विभिन्न पक्षसँग छलफल गर्छौं।’ प्रधानमन्त्रीले विश्वास मत प्राप्त गर्न नसके प्रतिपक्षमा बसेर आफ्ना एजेन्डा उठाइरहने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू