अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 01:23

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नरोक्न सर्वाेच्चको आदेश

बिआरटीनेपाल २०८१ असार १९ गते ७:१७ मा प्रकाशित

सर्वाेच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज रिटमाथिको सुनुवाइ गर्दै सरकारका नाममा यो आदेश जारी गरेको हो । सर्वाेच्चले कारण देखाऊ आदेश जारी गर्दै यही असार २१ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको अदालतका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ‘शर्टलिस्ट’ मा परेका पाँचमध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै अध्यक्ष नियुक्तिका लागि गठित सिफारिश समितिले यो प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो । नियुक्तिका लागि ‘शर्टलिस्ट’ मा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने समितिको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सरकारले प्रक्रिया रद्द गरी पुरानै सदस्यहरू रहने गरी अध्यक्ष नियुक्तिका लागि नयाँ समितिसमेत गठन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय