अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 01:29

प्रतीक थापालाई थुनामा पठाउन आदेश

बिआरटीनेपाल २०८१ असार १९ गते ६:४८ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश शकुन्तला कार्कीको इजलासले आज पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई थुनामा पठाउन आदेश दिएको हो ।

थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले गएको शुक्रवार पक्राउ गरेको थियो । उनी भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए ।

शुक्रवार नै विशेष ब्युरोको टोलीले बेचन झालाई पनि पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाण्डाैले उनीविरुद्ध पूरक अनुसन्धान गर्ने तयारी गरेको छ । शुक्रवारदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय