अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५२ | Colorodo: 01:07

आर्थिक विकास र समृद्धि ल्याउनसके मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिन्छ : प्रदीप ज्ञवाली

बिआरटीनेपाल २०८१ असार १९ गते ६:४७ मा प्रकाशित

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंग्याउँदै राजनीतिक स्थायित्वको जगमा आर्थिक विकास र समृद्धि ल्याउनसके मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिने बताउनुभएको छ ।मंगलबार नेपाली कांग्रेसले आयोजना गरेको गिरिजाप्रसाद कोईरालाको १०० औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो ।

उपमहासचिव ज्ञवालीले शान्ति प्रक्रियाका विभिन्न आयामहरुमध्ये गणतन्त्र स्थापना गर्ने, राज्यको पुनः संरचना गर्ने, माओवादी लडाकुहरुको व्यवस्थापन काम सम्पन्न भइसकेको बताउनुभयो । अब संक्रमणकालीन न्याय टुंग्याउने कुरा बाँकी रहेकाले सबै राजनीतिक दलहरुको ध्यान सोही कुरामा केन्द्रित रहेको बताउनुभयो । उहाँले हिंसा नहुनु मात्रै शान्ति नभएको भन्दै नागरिकहरुले न्यायको महशुस नगरेसम्म दिगो शान्ति हुन नसक्ने बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले सबैको ध्यान मुलुकको सामाजिक, आर्थिक रुपान्तरण, आर्थिक विकास, देशभित्रै रोजगारीको सुनिश्चिततातर्फ हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय