अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

पछिल्ला २ दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि : अध्ययन

बिआरटीनेपाल २०८१ असार १८ गते ८:०४ मा प्रकाशित

पछिल्ला दुई दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि भएको एउटा अध्ययनले देखाएको छ । ‘ग्यालप रिसर्च इन्स्टिट्युट’ ले सन् २०२२ मा गरेको विश्वव्यापी सर्वेक्षणमा १० मध्ये चार वयस्कले आफूलाई प्रशस्त चिन्ता र तनाव हुने गरेको बताएका छन् । चिन्ता र तनावको मुख्य स्रोत नकारात्मक भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।सेवा सुविधा उपलब्ध, औसत आयुमा वृद्धि, सङ्क्रामक रोगलाई रोक्न सक्ने क्षमता लगायतका कारण नकारात्मक भावना कम हुनुपर्नेमा अझै बढ्नु चिन्ताको विषय भएको अध्ययनमा संलग्नहरूको भनाइ छ । इतिहासमै सम्भवतः पहिलो पटक सबैजसोका लागि गाँस, बास, कपास र शिक्षाको प्रबन्ध गर्न सक्षम भएको अवस्थामा पनि नकारात्मक भावना वृद्धि हुनु मानव जातिकै लागि समस्याको कुरा भएको प्रतिवेदनमा भनिएको छ ।

अध्ययन प्रतिवेदनमा टीभी र इन्टरनेटजस्ता प्रविधिमा भएको प्रगतिले मानिसलाई राम्रा र नराम्रा सबै किसिमका जानकारीमा अत्यधिक पहुँच दिएको हुनाले पनि स्थिति झन् बिग्रिएको उल्लेख रहेको बीबीसीले जनाएको छ । नकारात्मक भावना वृद्धि हुनुमा धेरैजसो समाचारहरू नकारात्मक हुनु पनि एउटा कारण रहेको प्रतिवेदनमा उल्लेख छ । युद्ध, महामारी, जलवायु परिवर्तन, दुर्घटना लगायतका समाचारहरूले मानिसमा नकारातत्मक भाव बढी ल्याउने गरेको दाबी पनि प्रतिवेदनमा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू