अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

ओलीसँगकाे छलफल सकारात्मक : सभापति देउवा

बिआरटीनेपाल २०८१ असार १८ गते ८:०२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भएको बताउनुभएको छ । आफ्नै निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले आज/भोलि नै नतिजा नदेखिए पनि ओलीसँगको छलफल सकारात्मक भएको बताउनुभएको एक जना नेताले जानकारी दिएका छन् ।

देउवाले  ओलीसँग सत्ता परिवर्तनको विषयमा मात्रै कुरा नभएर समग्र व्यवस्था सुधारको विषयमा पनि कुराकानी भएको पदाधिकारीहरूलाई जानकारी दिनुभएको छ । गएको शनिवार देउवा र ओलीबीच बालकोटमा छलफल भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू