अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी, ५ जना पक्राउ

बिआरटीनेपाल २०८१ असार १८ गते ७:५८ मा प्रकाशित

सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डौबाट पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डाैकाे टोलीले भारतको उडिसाका कलाकार दास र चार जना नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका नेपालीमा म्याग्दी घर भई ललितपुर बस्ने क्षेत्रबहादुर शाही, धादिङ घर भई काठमाण्डौ बस्ने दीपक थापा, दाङ घर भई काठमाण्डौ बस्ने वसन्त चौधरी र काठमाण्डौका रविन महर्जन रहेका छन् ।

भारतीय नागरिक दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा बिक्री गरेका तर नक्कली भएको पाएपछि पीडितले प्रहरीलाई सम्पर्क गरेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । प्रहरीले मूर्ति र १४ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू