अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन : ओली

बिआरटीनेपाल २०८१ असार १८ गते ७:५२ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष आफू प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताउनुभएको छ । साेमवार सङ्घीय संसद् भवनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले यस्तो बताउनुभएको हो । तपाईँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ रे, शपथ कहिले भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले भन्नुभयो, ‘यस वर्ष प्रधानमन्त्री  हुन्छु जस्तो त मलाई लाग्दैन ।’

पछिल्लो समय एमाले र नेपाली कांग्रेसबीच सहकार्यका लागि नेताहरूबीच भेटवार्ता बाक्लो भइरहेको बेला एमाले अध्यक्ष ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू