अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

शेयर बजार १६ अङ्कले बढ्याे, काराेबार रकम भने घट्याे

बिआरटीनेपाल २०८१ असार १८ गते ७:४५ मा प्रकाशित

हिजो घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर २ हजार ५३ दशमलव ३८ विन्दुमा पुगेको छ ।आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, बीमा, होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे ३ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका ७१ लाख ६५ हजार कित्ता शेयर २ अर्ब ९९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको १९ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

प्रतिक्रिया