अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

अस्पतालहरुको सुधार गर्नु नै मेरो मुख्य लक्ष्य हो : मन्त्री यादव

बिआरटीनेपाल २०८१ असार १८ गते ७:४२ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरुको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री यादवले यस्तो बताउनुभएको हो ।मन्त्री यादवले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालय रातदिन काम गरिरहेको बताउनुभयो । उहाँले राजनीति अस्थिर रहेकाले सबै ठूलो काम गर्छु भनेर प्रतिवद्धता जनाउन नसकिने बताउनुभयो । उहाँले अहिले भएका संरचनालाई अझ व्यवस्थित गर्नका लागि आफू लागिपरेको बताउनुभयो ।

मन्त्री यादवले अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवको नेतृत्वमा काम भइरहेको बताउनुभयो । उहाँले स्वस्थ्य क्षेत्रमा जनशक्ति कम रहेको भन्दै करारमा लिएर भएपनि काम गराउने प्रतिवद्धता जनाउनुभयो । उहाँले मन्त्रालय मातहतमा रहेका अस्पतालको सुधारका लागि विभिन्न कार्यक्रमसहित अघि बढेको बताउनुभयो । उहाँले बीमामा धेरै महाभारत चलिरहेको बताउनुभयो ।

मन्त्री यादवले स्वास्थ्य बीमा स्वास्थ्य मन्त्रालयअन्तर्गत नरहेको भन्दै राज्यले बीमालाई स्वायत्त गरिदिएको बताउनुभयो । आफू अग्रसर भएर बीम बोर्डका अध्यक्षसँग कुरा गरेको र छलफल गरेर बीमामा भएका बेथितिको सुधार गर्ने बताउनुभयो । सबै नागरिकलाई बीमामा समेट्न आफूहरु लाग्ने बताउनुभयो । मन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू