अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हीत र जनता हुनुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८१ असार १८ गते ७:४० मा प्रकाशित

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हीत र जनता हुनुपर्ने बताउनुभएको छ । सोमबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।परराष्ट्रमन्त्री श्रेष्ठले विश्व शान्ति, विकास र स्थायित्वका लागि नेपालले पनि काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले जलवायु परिवर्तन, साइबर सुरक्षा, उर्जा सुरक्षा, अन्तरदेशीय संगठित अपराध, कृत्रिम बौद्धिकता जस्ता विषयले चुनौति थपिँदै गएको बताउनुभयो । यसमा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र समन्वयलाई प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको एकता, सार्वभौम सत्ता र निष्पक्षताको कसीमा राखेर अघि बढाउन आवश्यक रहेको र यसलाई वैदेशिक सम्बन्ध र सहायता आदानप्रदानमा पनि लागू गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले विश्व परिवेश र विश्व राजनीतिलाई नेपालले महत्वका साथ हेर्न आवश्यक रहेको पनि बताउनुभयो । परराष्ट्रमन्त्री श्रेष्ठले नेपालले आफ्नो राष्ट्रहीतलाई केन्द्रमा राखेर वैदेशिक परराष्ट्रनीति अवलम्वन गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू