अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

सत्ता समिकरण फेरबदल हल्ला मात्रै हो, मलाई थाहा छैन : गृहमन्त्री लामिछाने

बिआरटीनेपाल २०८१ असार १८ गते ७:३९ मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समिकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समिकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताउनुभएको हो ।गृहमन्त्री लामिछानेले बाहिर सञ्चारमाध्यममा आएका कुराहरु हल्ला मात्रै भएको बताउनुभयो । उहाँले आफुले दुई जना नेताहरुसँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक नपाएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो । कहिलेकाहीँ विभिन्न प्रक्रियाहरुमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’ गृहमन्त्री लामिछानेले शीर्ष नेताहरु बीचको भेटघाट समान्य भेटघाटको रुपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू