अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 04:32

२० वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात मगाउने छानबिन विशेष समितिको निर्णय

बिआरटीनेपाल २०८१ असार १७ गते ७:०४ मा प्रकाशित

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले २० वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले कार्यादेशको अनुसुची १ मा रहेको २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको स्थिति, लेखा परिक्षण प्रतिवेदन लगाएतका बिबरण पठाउनका लागि पत्रचार गर्ने निर्णय गरेको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

उक्त सहकारीको सवै बिवरण आएपछि अध्ययन गर्ने र अनुसन्धान सुरु गर्ने उहाँले बताउनुभयो । त्यस्तै, समितिले समस्याग्रस्त सहकारीको छानबिनका लागि यसअघि भएका अनुभवनका बारेमा बिभिन्न आयोग, समितिका संयोजकहरुसंग छलफल गरेको छ । समितिले २०४७ सालमा सहकारी सन्दर्भमा अन्तरिम सरकारले गठन गरेको कार्यदलका सभापति राधाकृष्ण मैनाली, तत्कालिन समस्याग्रस्त सहकारी सम्बन्धमा जाँचबुझ आयोगका अध्यक्ष गौरि बहादुर कार्की लगाएतसंग यसअघिका अध्ययन अनुसन्धानका बारेमा छलफल गरेको समिति संयोजक थापाले बताउनुभयो ।

पुराना अनुभवका आधारमा समितिले वस्तुनिष्ठ अध्ययन गरि निचोडमा पुग्न मद्दत पु्र्याउने थापाको भनाइ छ । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय