अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौं-प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ असार १७ गते ६:३१ मा प्रकाशित

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयास जारी रहेको बताउनुभएको छ । आइतबार एकीकृत समाजवादीको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले दुई पार्टीलाई एउटै पार्टी बनाउनका लागि निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको बताउनुभएको हो ।

‘नेकपा एकीकृत समाजवादी र माओवादीका बीचमा निर्वाचन अगाडि र निर्वाचनपछि र आजका मितिसम्म पनि एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिराखेका छौं’,  प्रधानमन्त्रीले भन्नुभयो । एकीकृत समाजवादीले आजदेखि सुरू भएको महाधिवेशनले पनि यसबारे ठोस निर्णय गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । ‘देशका सबै देशभक्त र वामपन्थी शक्तिहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सकियोस्’, उहाको भनाई छ।

एकीकृत समाजवादीले अलि नजिक भएको हिसाबले र एकीकृत समाजवादीले पनि माओवादी केन्द्रलाई अरूभन्दा अलि नजिक भएको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू