अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

प्रधानमन्त्री, ओली र रविबीच सिंहदरबारमा भेटवार्ता

बिआरटीनेपाल २०८१ असार १७ गते ६:३१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतवार सत्तारुढ दुई दलका नेताहरुबीच प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।शनिवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेट्नुभएको विषयमा पनि सामान्य कुराकानी भएको बताइएको छ ।

शनिवार सभापति देउवा र ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो । जसकारण पनि सत्ता समीकरणमा फेरबदल हुन लागेको आशंका गरिएको छ । तर अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका लागि जानुभएको बताइएको छ । प्रधानमन्त्री दाहालसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताउनुभयो । प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नियमित प्रक्रिया भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू