अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 04:16

प्रतीक थापालाई अदालत लगियो

बिआरटीनेपाल २०८१ असार १७ गते ६:१६ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला अदालत काठमाडौँ लगिएको छ।उनलाई प्रहरीले शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो।

शनिबार बिदा भएकोले थापालाई म्याद थपका लागि आइतबार अदालतमा पेश गरिएको हो। प्रहरीले अनुसन्धानका लागि थापालाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो ।

यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो। उनी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय