अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घट्याे

बिआरटीनेपाल २०८१ असार १७ गते ६:१६ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८३ अङ्कले घटेर २ हजार ३७ दशमलव ०९ विन्दुमा झरेको छ ।आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज मनकामना लघुवित्त कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मुक्तिनाथ कृषि कम्पनीको शेयर भने ७ प्रतिशतले बढेको छ । आज ३ सय २० वटा कम्पनीका ९१ लाख ७८ हजार कित्ता शेयर ३ अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको १२ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया