अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६
| Colorodo: 04:41
स्याङ्जामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको फेदीखोला गाउँपालिका(५ मा शुक्रबार राति आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ती वर्षीया छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ । यस्तै, बाग्लुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती पहिरोमा पुरिएका छन् ।
बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति घरसहित पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।